Logo

प्रमुख समाचार

लकडाउनको नयाँ मोडालिटी बारे बुधबार टुंगो लगाउने सरकारको तयारी



लकडाउनको नयाँ मोडालिटीको बारेमा सरकारले आज (बुधबार) टुंगो लगाउने भएको छ ।

मंगलबारलाई निर्धारित मन्त्रिपरिषद बैठक बुधबार अपरान्ह २ बजे बस्ने र उक्त बैठकले नै लकडाउन बारे टुंगो लगाउने छ । कम्तीमा आगामी दशैं अगाडिसम्म पूर्ण लकडाउन नखोल्ने गरी पाँच चरणमा लकडाउन खोल्ने सरकारको तयारी छ ।

यसअघि सीसीएमसीले कम्तीमा ६ देखि १० चरणमा लकडाउन खोल्न कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिमा प्रस्ताव पेश गरेको थियो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै लकडाउन भएको आज ७७ औं दिन हो । लकडाउनका कारण मुलुकको अर्थतन्त्र तथा नागरिकको जिवनयापन संकटमा परेको भन्दै लकडाउन खुकुलो गर्न सरकारलाई दबाब छ । नागरिक स्तरबाटै लकडाउन उलंघन बढेपछि सरकार अन्यौलमा परेको छ ।

उच्चस्तरीय समितिले तयार गरेको कार्ययोजना अनुसार पहिलो चरणमा उद्योग, कलकारखाना पूर्ण क्षमतामा सञ्चालन गर्ने, दोस्रो चरणमा निजि सवारीसाधन सञ्चालन, तेस्रो चरणमा सार्वजनिक सवारी र आन्तरिक हवाई सेवा सञ्चालन पाँचौ चरणमा पठनपाठन, सिनेमा, होटल, रेष्टुरेन्ट, धार्मिक स्थल खोल्न दिने समितिको प्रस्ताव छ । हरेक एक महिनामा लकडाउनको समिक्षा गर्दै आगामी कदम चाल्ने योजनामा सरकार छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार ०६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।