कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि लगाइएको कडा लकडाउनलाई सरकारले खुकुलो पार्ने निर्णय गर्न लागिएको जानकारी संसदमा गराएका छन् ।
सरकारलाई विभिन्न क्षेत्रबाट सुझाव आइरहेको भन्दै उनले समयानुकूल ढङ्गले सामाजिक जनजीवन सहज बनाउनेबारे निर्णय हुने बताए । “निजी क्षेत्रलाई परीक्षण गर्न दिनेबारे अनि लकडाउन सरलीकरण तथा शिक्षाक्षेत्रका असहजता न्यून पार्नेबारे आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्दैछ,” उनले भने ।
बैठकमा लकडाउनको मोडालिटीका विषयमा छलफल हुने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए। मुलुकमा दैनिक कोरोना संक्रममितको संख्या बढिरहेको छ । तर चैत ११ गतेदेखि जारी लकडाउन जेठभरी कायम हुँदा दैनिक लकडाउन उल्लंघन गर्नेको संख्या बढिरहेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय समन्वय समितिले विभिन्न लकडाउन खुलुलो बनाउने सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदका पेश गरेको छ ।
समितिले विभिन्न सरोकारवाला निकायसँग छलफल गरी लकडाउनको मोडालिटीका विषयमा छलफल गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पनि विभिन्न निकायका पदाधिकारीसँग लकडाउनको मोडालिटीका विषयमा छलफल गरेका थिए ।
समन्वय समितिको एक सय भन्दा कम संक्रमित देखिएका जिल्लामा लकडाउन खुलुलो बनाउनु पर्नेलगायतको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर आर्थिक र समाजिक गतिविधि संचालन गर्न दिनुपर्ने विज्ञहरुले सुझाव दिएका थिए।
सरकारले लकडाउन खुकुलो बनाउने हल्ला चलेसँगै राजधानीमा चलहपहल बढेको छ । तर मंगलबार व्यापारीले बाक्लो रुपमा पसल खोलेपछि प्रहरीले बन्द गराएको थियो ।




















प्रतिक्रिया