नेपालमा थप २५० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नेपालमा थप २ सय ३० पुरुष र २० महिला गरी संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । जसमध्ये ४ हजार २ सय ८५ जना पुरुष छन् भने ३ सय २९ जना महिला रहेका छन् । नेपालका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।




















प्रतिक्रिया