Logo

समाचार

क्वारेन्टाइनबाट घर फर्किंदै गर्दा बाटोमै मृत्यु



कालिकोटको नरहरीनाथ गाउँपालिका–१ का ६० वर्षीय कालीबहादुर बिष्टको क्वारेन्टाइनबाट फर्किंदै गर्दा बाटोमा नै मृत्यु भएको छ । जेठ १४ गते भारतबाट आएर खाँडाचक्र नगरपालिका–१ चन्द्रसूर्य होटेलको क्वारेन्टाइनमा बसेका बिष्ट घर फर्किंदै गर्दा नरहरीनाथ गाउँपालिका–१ को लालीघाटमा मृत अवस्थामा फेला परेका हुन् ।

जेठ १४ गते भारतबाट आएका बिष्ट खाँडाचक्र नगरपालिका–१ को होटल चन्दसूर्य गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा १६ दिन बसेर आरडीटी परीक्षणमा कोरोना नेगेटिभ देखिएका जेठ २९ गते घर पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय कालिकोटकाले जनाएको छ । ‘उनीसँगै क्वारेन्टाइनमा बसेका ६८ जनामा आरडीटी परीक्षणमा नेगेटिभ देखिएपछि ’ घर पठाएको छ । ‘भर्खर बाटोमा मृत्यु भएको खबर आयो ।’ एक अधिकारीले जानकारी दिए ।

मृतक बिष्टको पीसीआर विधिबाट स्वाब परीक्षण लागि स्वास्थ्यकर्मीको टोली लालीघाटतर्फ ती अधिकारीको भनाइ छ । ‘मृतक विष्ट श्वासप्रश्वासको बिरामी रहेका थिए’ ती अधिकारीको भनाइ छ । ‘लालीघाट बजारमा बिष्ट २९ गते बेलुका पुगेको बिहान मृत अवस्थामा फेला परेको जानकारी पाएका छौँ ।’ उनले भने ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार २०:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।