Logo

अन्तर्राष्ट्रिय

महाराष्ट्रका मन्त्रीलाई नै कोरोना सङ्क्रमण



कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको भारतमा एक प्रदेश मन्त्रीलाई पनि कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

भारतको मुम्बई प्रदेशका एक जना मन्त्री कोरोना भाइरसबाट सङ्क्रमित भएको श्रोतले शुक्रबार जानकारी दिएको छ । सङ्क्रमित भएका मन्त्री एनसीपीका नेता भएको पनि स्रोतले उल्लेख गरेको छ ।

ती मन्त्रीलाई भारतको मराथवाडा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका एनसीपीका नेता महाराष्ट्र प्रदेशमा सङ्क्रमित हुने तेस्रो मन्त्री हुन् ।

यसअघि काँग्रेसका अशोक चावन र एनसिपिका जितेन्द्र अवहाद रहवादमा कोरोना संक्रमण भएको थियो भने उनीहरू अहिले निको भइसकेका छन् ।

बिहीबार राति अबेर उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो । उनलाई अहिले मुम्बईस्थीत क्वारेन्टाइनमै राखिएको स्रोतले बताएको छ ।

मन्त्रीसँगै उनको निजी सचिवालयमा संलग्न केही व्यक्तिहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । उनीहरुलाई आइसोलेसनमा राखिएको पनि स्रोतको भनाई छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार १२:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।