Logo

अर्थ

होम डेलिभरी सेवासहित इन्डक्सन चुल्हो फेरि बिक्रिमा गर्न थालियो



काठमाडौं उपत्यकामा होम डेलीभरी सेवासहित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले इनडक्सन चुल्होको बिक्री फेरि शुरु गरेको छ । कम्पनीले शनिबारदेखि इन्डक्सनको पुःन बिक्रि शुरु गरेको हो ।

बाल्ट्रा कम्पनीको इन्फ्रारेड इन्डक्सन चुल्हो, जडिबुटी कम्पनीको स्यानिटाइजर, साल्ट ट्रेडिङको आयो नुन, गहुँको पिठो र दुग्ध विकास संस्थानको शुद्ध घिउ पनि बिक्री थालिएको कम्पनीले जनाएको छ ।

यसअघि चामल, गेडागुडी लगायतका खाद्यन्नको चक्रपथभित्र मात्रै डेलिभरी सेवा दिएको कम्पनीले सस्तो डिलसँगको सहकार्यमा सेवा विस्तार गर्ने भएको हो । तत्कालका लागि सस्तो डिलसँग सम्झौता भएपनि कानूनी रुपमा दर्ता भएका अरु थप कम्पनीसँग सहकार्य गरेर धेरै सहभागितामा बजार विस्तारको योजनामा कम्पनी रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आईतवार १३:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।