Logo

प्रमुख समाचार

सरकार सत्ता टिकाउन कहिले भारततर्फ कहिले चीनतर्फ ढल्कदाँ नेपालको शिर झुक्यो: सांसद संग्रौला



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौला पन्तले वर्तमान कम्युनिष्ट सरकार आफ्नो सत्ता टिकाउन कहिले भारततर्फ ढल्किने तथा कहिले चीनतिर ढल्कदाँ नेपाल र नेपालीको शिर झुकेको टिप्पणी गरेकी छिन् ।

‘एकातिर नेपालको सिमाना छिमेकी भारतले अतिक्रम गरिरहेको छ भने अर्कोतिर उत्तरी छिमेकी चीनले पनि रसुवा, सिन्धुपाल्चोक, दोलखा, संखुवासभा र हुम्मा जिल्लाको १४५६ रोपनी तथा गोरखा र दार्चुलाका एक एक नेपाली गाउँ नै अतिक्रमको चपेटामा परेको छ ।’ सांसद संग्रौलाले उल्लेख गरिन् ।

विशाल दुई छिमेकी देशहरूको बिचमा रहेको भएपनि नेपालको एक इञ्च जमिन तलमाथि नपर्ने गरी संरक्षण गर्न नेपाली जनता जस्तोसुकै मूल्य चुकाउन तयार रहेको समेत उनको टिप्पणी छ । ‘भू-भागले नेपाल सानो पक्कै छ तर नेपाली स्वाभिमान सगरमाथा जस्तै उच्च र अटल छ ।’ सांसद संग्रौलाको भनाइ छ ।

वर्तमान सरकार सत्ता टिकाउने खेलमा लाग्दा दुबै देशसँग समदुरी कायम गरि नेपाली जनताको भावनाको सरकारले कदर गर्दै दुबै देशसँगको सिमा विवाद समाधान गर्न ध्यान दिन आग्रह गर्दै सिमा सम्बन्धि राष्ट्रिय सहमति कायम रहिरहोस भन्ने सुभेछ्या समेत व्यक्त गरिन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार ११:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।