Logo

प्रमुख समाचार

एक पटक कोरोना पोजेटिभ भए जीवनभर स्वास्थ्य समस्या हुने खुलासा



अहिले नेपाललगायत विश्व कोरोना भाइरसको महामारीको चपेटामा छ । नेपालमा १० हजार सात सय २८ भन्दा धेरै संक्रमित भएका छन् भने २४ जनाको मृत्यु भइसकेको छ । यहीबीचमा कोरोना भाइरसबारे नयाँ तथ्य सार्वजनिक भएको छ ।

बेलायती अनुसन्धानकर्ताहरुका अनुसार एक पटक कोरोना भाइरस पोजेटिभ भएका मानिसमा जीवनभर स्वास्थ्य समस्या देखिन सक्छ । अनुसन्धान कर्ताहरुले एकतिहाई कोरोना पोजेटिभको फोक्सो लामो सयमका लागि खराब हुन्छ । उनीहरुलाई आजीवन थकाई लाग्ने, स्वासप्रस्वास सम्बन्धि समस्या हुने दावी गरिएको छ ।

यस्तै आईसीयूमा उपचार गरिएका कोरोना भाइरस विरामीको मष्तिस्कमासमेत नराम्रो असर पर्ने अनुसन्धानकर्ताहरुको दावी छ । अनुसन्धानकर्ताहरुले कोरोना भाइरस पोजेटिभ भएका मानिसहरुलाई भविश्यमा अलजाइमरको समस्या पनि सक्ने दावी गरेका छन् ।

उनीहरुले कोरोना भाइरस पोजेटिभहरुलाई ठिक भएर कोरोना भाइरस नेगेटिभ भइसके पनि थप उपचार गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार १६:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।