नेपालमा कोरोना भाइरसबाट बिहिबार थप एक जना संक्रमितको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पताल पोखराको आइसीयूमा उपचाररत ५५ वर्षीय पूरुषको बुधबार राति ११ः५५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पुष्टि गरेको छ ।
मृतक पुरुष स्याङ्जाको सिरुवारीका स्थानीय वासी हुन् । अधावधिक विवरणसँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।
मृतक असार ८ गते आइसियूमा भर्ना भएका थिए । उनको शव व्यवस्थापनको तयारी भई रहेको जनाइएको छ । गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।





















प्रतिक्रिया