नवलपरासीमा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ ।
बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।
उच्च रक्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था जटिल भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
मृतक पुरुषमा कोरोना भाइरस सङ्क्रमण भए÷नभएको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाउने तयारी भएको समेत जनाइएको छ ।




















प्रतिक्रिया