Logo

प्रमुख समाचार

४६३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो



नेपालमाआइतबार थप ४६३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा १७९ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ३ हजार १३ जना पुगेको छ ।

९ हजार ७ सय ३१ जना आइसोलेसनमा रहेको उनले बताए । २४ घण्टामा ४ हजार ९ सय ६२ जनाको पिसिआर परीक्षण गरिएको छ । २७ सय ३२ जनाको आरडिटी परीक्षण गरिएको छ ।

हालसम्म २ लाख ६ हजार जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिए । क्वारेन्टाइनमा रहेका व्यक्तिको संख्या ६१ हजार सात सय ३१ रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ असार २०७७, आईतवार १६:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।