विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्ने भएको छ । कोरोना भाइरसको स्रोत पत्ता लगाउन डब्लूएचओको एउटा टोली चीन पठाउन लागेको डब्ल्यूएचओले जनाएको हो ।
कोभिड–१९ को राजनीतिकरणका कारण विश्व विभाजित भइरहेका बेला डब्लूएचओले भने कोरोना भाइरसको सबैभन्दा खराब समय आउन अझै बाँकी रहेको चेतावनी दिएको छ ।आउँदो हप्ता चीन जाने टोलीले विश्वभर महामारी फैलाउने भाइरसको स्रोत कहाँ हो भन्ने पत्ता लगाउने कोशिस गर्ने जनाएको छ ।
कोरोनाा भाइरस झनै खतरामा रहेको डब्लूएचकोका चेतनावनी,कोरोना उत्पती बारे पत्तालगाउने
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनाम गिब्रयेसासले भिडियो प्रेस कन्फ्रेन्समा भने, ‘जब हामीलाई भाइरसका बारेमा सबै कुरा थाहा हुन्छ, बल्ल त्योसँग राम्रोसँग लड्न सकिन्छ । यो कहाँबाट आएको भन्ने पत्ता लगाउनु जरुरी छ । हामी आउने हप्ता एक टोलीलाई चीन पठाउँदै छौं । यसबाट भाइरसका बारेमा बुझ्न मद्दत मिल्ने आशा छ ।’




















प्रतिक्रिया