Logo

स्वास्थ्य

बिपी प्रतिष्ठान धरानमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि



बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित भर्ना भएका छन् । योसँगै अहिलेसम्म अस्पताल भर्ना भएका कूल कोरोना संक्रमितको संख्या ११९६ रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले मंगलबार एक सूचना जारी गर्दै अहिलेसम्म १२० कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म ९२ जना निको भएर घर फर्किसकेको प्रतिष्ठानले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन ४, २०७७ मंगलबार  ४ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।