Logo

बैंकिङ

नेपाल इन्भेष्टमेन्ट बैंक फेरी अर्को गम्भीर बिवादमा फस्यो, अवैध ओसार पसारमा जेडटीईसँग साँठगाँठ



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक शंकास्पत रकम ओसार पसारमा मुछिएको छ । ११ वर्ष भित्रमा नेपाल भित्रिएको करीब ३५ अर्ब अबैध रकममा यो बैंकको संलग्नता रहेको रहस्य खुलेको हो ।

फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) का अनुसार चीनको सबैभन्दा ठूलो दुरसञ्चार सामग्री आपूर्तिकर्ता कम्पनी जिहोङसिङ टेलिकम्युनिकेसन इक्वीपमेन्ट कर्पोरेशन (जेडटीई) ले १७ मार्च २०११ देखि १ मार्च २०१७ सम्म २५ अर्ब २१ करोड ३३ लाख ८१ हजार ४६१.२४ अमेरिकी डलर (रु.२५ अर्ब ३९ करोड २३ लाख ९३ हजार ८८७) रकम नेपालसहितका अन्य मुलुकमा पठाएको थियो । जेडटीईले बेइजिङस्थित चाइना कन्स्ट्रक्सन बैंक मार्फत उक्त कारोबार गरेको थियो ।
 
उसले गरेको कारोबार रकम शंकास्पद भएको चाइना कन्स्ट्रक्सन बैंकको अमेरिकास्थित न्यूयोर्क शाखाले पत्ता लगाएको थियो । ४ नोभेम्बर २०१३ देखि २७ फेब्रुअरी २०१७ सम्मको तीन वर्ष चार महीनामा नेपाल इन्भेष्टमेन्ट बैंकमा जेडटीईले रकम जम्मा गरेको भेटिएको फिनसेन ले उल्लेख गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको काठमाडौंस्थित कार्यालयमा ५ हजार ७०९.०९ अमेरिकी डलर (रु. ६ लाख ७९ हजार ३८१) ५ हजार २४४.७७ अमेरिकी डलर (रु. लाख २४ हजार १२६), ४० हजार ३५७.७५ अमेरिकी डलर (रु. ४८ लाख २ हजार ५७२) र १० अमेरिकी डलर (रु. १ हजार १९०) जेडटीई कर्पोरेसनले जम्मा गरेको विवरणमा उल्लेख छ ।

अमेरिकी डलर (रु. ६ लाख २४ हजार १२६), ४० हजार ३५७.७५ अमेरिकी डलर (रु. ४८ लाख २ हजार ५७२) र १० अमेरिकी डलर (रु. १ हजार १९०) जेडटीई कर्पोरेसनले जम्मा गरेको विवरणमा उल्लेख छ। फिनसेनले विभिन्न सञ्चारमाध्यमलाई हवाला दिंदै उल्लेख गरे अनुसार, पाँच वर्षको अनुसन्धानमा जेडटीईले अमेरिकाले लगाएको प्रतिबन्धबाट बच्न अनेक षडयन्त्र गरेको भेटियो भनेको छ ।

कम्पनीले अमेरिकाबाट दूरसञ्चारका सामग्री खरीद गर्ने र ती सामग्रीलाई जेडटीईको उपकरण भन्दै अवैधानिक रूपमा इरान पुयाएर बिक्री वितरण गर्ने गरेको उल्लेख छ । जेडटीईले अमेरिकी प्रतिबन्ध विरुद्ध नियामक निकायको आँखा छल्ने गरी विभिन्न मुलुकमा शंकास्पद धन कारोबार गरेको फिनसेनले उल्लेख गरेको छ ।

जेडटीई नेपालमा दूरसञ्चार उपकरण निर्यात गर्ने एक प्रमुख कम्पनीमा पर्छ । २०७२ वैशाखको भूकम्पलगत्तै नेपालको दूरसञ्चार कम्पनी एनसेलको टावर निर्माणका लागि उपकरण आयात गर्दा उसले रेडक्रसका स्टिकर टाँसेर राहत सामग्री भन्दै व्यावसायिक प्रयोजनका सामग्री भित्र्याउन खोजेको थियो । भन्सार जाँचपास गर्ने क्रममा उक्त कुरा पत्ता लागेपछि रु. १ करोड १० लाख भन्सार महसुल बुझाएर उसले ती सामान छुटाएको थियो । 

जेडटीईसँगको रकम कारोबारको सम्बन्धमा नेपाल इन्भेष्टमेन्ट बैंकका डेपुटी जनरल म्यानेजर बिजेन्द्र सुवालसँग प्रतिक्रिया माग्दा कारोबार वैध वा अवैध जे भएपनि ग्राहकको बारेमा आफुहरुले जानकारी दिन नमिल्ने बताए । बित्तीय संस्थाहरु नेपाल राट्र बैंकको नीति निर्देशनमा चल्ने भएकाले त्यस्तो कारोबारको अनुगमन पनि सोही बैंकले गर्ने सुवालको जवाफ रहेको छ ।

राष्ट्र बैंक र सम्बन्धित निकाय बाहेक सञ्चार वा अरुलाई ग्राहकको गोपनियता भंग गर्न मिल्दैन सुवालको भनाई रहेको छ । यस सम्बन्धमा हामीले जेडटीईलाई पनि इमेल मार्फत प्रश्न राखेका थियौं । तर उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन ।

फिनसेनको हवाला र इन्भेष्टमेन्ट बैंकका डेपुटी जनरल म्यानेजर बिजेन्द्र सुवालको प्रतिकृयाको अर्थ यस्ता अबैध कारोबार गर्ने व्यक्तिहरुसँग बैंकको प्रत्येक्ष साँठगाँठ छ । ग्राहकको गोपनियताका नाममा बैंकका हाकिमहरुलाई अबैध मुद्रा ओसार पसारमा संलग्नहरुले गतिलै नजराना बुझाएर मुखमा बुझो लगाएका छन् । कहिले ग्राहकको युट्युबबाट आएको रकम नै गायव गर्ने त कहिले के बिवादमा आई रहने बैंकलाई सम्बन्धित निकायले कारवाही भने गरेको देखिदैन । खोज पत्रकारिता केन्द्रसँगको सहकार्य

यो पनि हेर्नुहोस् :

बैंकको बदमासी ढाकछोप गर्न नसकेपछि ईन्भेष्टमेन्ट बैंकका बिजेन्द्र सुवाल उत्रिए तल्लो स्तरको गालीमा 

प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार  ८ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।