मोफसलमा रहेर सामाजिक कार्यकमा सक्रिय सामाजिक अभियान्ता अर्जुन भुसालको पहलमा नर बहादुर परियारको लागि घर निर्माण गरिदिएपछि उनको मुहारको मुस्कान फर्किएको हो ।
चितवनको भरतपुर महानगरपालिका – ६ मा बसोबास गर्दै आएका परियारको अवस्था निकै नाजुक रहेको देखेपछि देश विदेशमा रहेका सहयोगीहरुको सहयोगमा परियारको घर निर्माण गरिएको हो ।
घर निर्माणको लागि कुल २ लाख ६३ हजार ९ सय संकलन भएकोमा घर निर्माणमा २ लाख ४४ हजार ४ सय मात्रै खर्च भएको र बाँकी रहेको १९ हजार ५ सय नगद परियारलाई नै हस्ताक्षरण गरिएको समेत भुसालले जानकारी दिए ।
सामाजिक काम र समाज सेवालाई पवित्र मान्ने गरेको बताउने भुसाल विगत केही समयदेखि सामाजिक काममा निरन्तर सक्रिय रहेका छन् । उनकै पहलमा परियारको परिवारमा मुस्कान छाएको छ ।





















प्रतिक्रिया