Logo

प्रमुख समाचार

नेकपा विवाद: दोस्रो पुस्ताका नेता सक्रिय, पौडेल र शर्मा दुई अध्यक्ष बिच संवाद गराउन सक्रिय



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी भित्रको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूह र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहको आन्तरिक विवादले पार्टी विभाजनको दिशातिर उन्मुख भएको भन्दै नेकपाका दोस्रो पुस्ताका नेताहरूले सक्रियता बढाएका छन् ।

पार्टी स्थायी कमिटी सदस्य तथा कृषिमन्त्री घनश्याम भुसालको निवासमा शुक्रवार जम्मा भएका नेकपाका दोस्रो तहका नेताहरूले कुनै हालतमा पार्टी एकता जोगाउनुपर्ने निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री एंव पार्टी अध्यक्ष ओली सहित ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल एकातिर छन् भने अर्कोतिर कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल सहित झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, राम बहादुर थापा बादल सहितका बहुमत नेताहरू छन् । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो आन्तरिक विवादलाई संकेत गर्दै बिहीबार पार्टी बिभाजन हुनसक्ने अभिव्यक्ति दिएपछि दोस्रो पुस्ताका नेताहरूले सक्रियता बढाएका हुन् ।

शुक्रवारको वैठकमा प्रधानमन्त्री ओली,अध्यक्ष प्रचण्ड र नेपाल निकट युवा नेताहरुको संयुक्त वैठक बसेको हो । बैठकमा जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शक्ति वस्नेत, घनश्याम भुसाल, योगेश भट्टराई, प्रदीप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, विष्णु रिमाल र मणि थापा सहभागी थिए ।

उनिहरुले तत्काल पार्टी एकतालाई जोगाउनुपर्ने र नेताहरुबीच संवादको थालनी गर्नुपर्नेमा जोड दिएका छन् । नेताहरुले एक अर्कालाई दोषारोपण गर्ने काम भएको भन्दै उनिहरुले युद्धविराम गर्नुपर्ने र सहमतीका साथ अघि बढने सहमति समेत गरेका छन् ।

उनिहरु तत्काल पार्टीलाई एकतावद्ध बनाउने र पछि महाधिवेशनतिर लैजाने मोडलको खोजी गर्नेमा सहमत समेत भएका छन् । यता दुवै अध्यक्षवीच छलफल गराउन पार्टी महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा सक्रिय भएका छन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार १२:००   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।