कोरोना भाइरसको संक्रमण बाट थप एक जनाको मृत्यु भएको छ ।
गोरखा अस्पतालको आइसोलेसन कक्षमा उपचाररत ४४ वर्षीय पुरुषको शनिबार बिहान ५ः०५ बजे मृत्यु भएको गोरखा अस्पतालले पुष्टि गएको छ । मृतक पुरुष गोरखाको पालुङ्गटार नगरपालिका ७ का स्थानीय वासी हुन् ।
असार १९ गते शुक्रबार राति ९ः५५ बजे मात्रै सुगररोगबाट पीडित पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो सँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।





















प्रतिक्रिया