Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरस हावाबाट पनि सर्ने : डब्लुएचओ



विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको जानकारी दिएको छ ।

यस अघि ३२ देशका २३९ वैज्ञानिकहरुको समूहले गरेको अध्यायनले हावाबाट कोरोना सर्ने भन्दै डब्लुएचओलाई खुला पत्र लेखेर कोरोनाबारेको हालको दिशा निर्देशन संशोधन गर्न सुझाव दिएका थिए ।

महामारीसँग जुध्न डब्लुएचओले गठन गरेको प्राविधिक समूहकी नेतृत्वकर्ता डा. मारिया भान केरखोवले हावाबाट कोरोना फैलिने विषय अहिले अध्ययनमै रहेपनि केहि प्रमाण भेटिएको बताएकी छन् ।

हावाका कणमै कोरोना भाइरस, सतर्कता विधि बदल्न वैज्ञानिकको आग्रह डब्लुएचओले बढी भीडभाड हुने र कम हावा हुने बन्द कोठामा हावाबाटै कोरोना भाइरस फैलिने आशंका अस्विकार गर्न नसकिने जनाएको छ । यस बारेमा अझै विस्तृत अध्ययन भइरहेको डब्लुएचओले जनाएको छ ।

यसअघि डब्लुएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो । एजेन्सी

प्रकाशित मिति : २४ असार २०७७, बुधबार ११:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।