Logo

प्रदेश

उपत्यकामा एक गर्भवती महिलासहित चार जनामा कोरोना संक्रमण



ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा उपचाररत एक गर्भवती महिला सहित चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना देखिएको किस्ट अस्पतालले जनाएको हाे ।

कोरोना देखिएकामा २९ वर्षकी गर्भवती महिला, पथरीको शल्यक्रिया गर्न भर्ना भएका ६५ वर्षका पुरुष, दमको उपचार गर्न भर्ना भएकी ६६ वर्षकी महिला र ज्वरो आएर आइसोलेनमा भर्ना भएका ११ वर्षका बालक रहेकाे अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १६:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।