Logo

स्वास्थ्य

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



बुधबार ३ हजार ८३८ पीसीआर परिक्षण गर्दा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेको छ ।

पछिल्लो २४ घण्टामा ९१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०५५ रहेको छ । पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएन।

यस्तै, हालसम्म ७२ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख २७ हजार ७८९ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा निको हुने प्रतिशत ९८ दशमलव ७ रहेको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार  ४ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।