Logo

आईपीएल ” टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात



युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । दुबई सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरलेविजयी सुरुवात गरेको हो । 

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो । बैंगलोरले हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । तर हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । जितसँगै बैंगलोरले पहिलो खेलमा २ अंक जोडेको छ । हैदराबादले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ८ : ३४ बजे