Logo

प्रमुख समाचार

६ निजी प्रयोगशालाले पाए कोरोना परीक्षण गर्ने अनुमति



कोरोना भाइरस संक्रमण परीक्षण गर्न ६ निजी प्रयोगशालाले अनुमति पाएका छन् ।

काठमाडौं उपत्यकाका चार सहित ६ वटा निजी प्रयोगशालालाई सरकारले कोरोना भाइरस (कोभिड (१९) को पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मापदण्ड पुगेका काठमाडौंका ४, बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई पीसीआर परीक्षण गर्न अनुमति दिएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएको हो ।

त्यस्तै उपत्यका बाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार १३:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।