Logo

स्वास्थ्य

पछिल्लो २४ घन्टामा थप ९७ मा कोरोना पुष्टि, ३ जनाको मृत्यु



पछिल्लो २४ घन्टामा नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको कुल संख्या २ लाख ७३ हजार २ सय ६३ जना पुगेका छन् ।

साथै आज १ सय १४ जना संक्रमित भाइरस मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना भाइरस मुक्त हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ हजार ५ सय ८३ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै आज ३ संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार ६१ पुगेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार १६:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।