प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी बारेमा सभामुखसँग छलफल गरेका छन् । ओलीले सभामुखलाई बालुटार बोलाएर एमसिसीको बारेमा सहयोग मागेका छन् ।
ओलीले एमसिसी बारेमा कुरा झिकेपछि अग्नी सापकोटालाई संसदमा टेबुल भइसकेको कुरा किन अघि बढ्न सकेन भनि प्रश्न गरेका छन् ।
‘पार्टीले कार्यदल बनाएको छ । त्यसको सुझाव पनि हेर्नुप¥यो । तपाईं या म, हामी कोही पनि पार्टीभन्दा माथि छैनौँ । त्यसैले पार्टीबाट एउटा निचोड आओस्, म अगाडि बढाउँछु’, अग्नीले भने ।
यसपछि अग्नीका आफ्ना गुनासा शुरु भए, ‘सोधेर संसद स्थगन गरिएन । तपाईंलाई सहयोग त गर्ने, तर केमा गर्ने रु’ प्रधानमन्त्रीले फेरि कुरा दोहो¥याए, ‘एमसिसीमा ।’
अर्कातिर, रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीहरूले सभामुखले बिजनेश दिनै नसकेर संसद स्थगित भएको टिप्पणी गरेकोबारे अग्नीको गुनासो छ । ‘संसदलाइ बिजनेश दिने सभामुखले हो कि सरकारले रु’, उनको प्रश्न थियो ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।





















प्रतिक्रिया