कोरोना संक्रमणबाट वीरगञ्जमा अर्का एक व्यक्तिको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । मुटुको विरामी रहेको उनको गए राती निधन भएको अस्पतालले जानाएको छ ।
वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालले जानकारी दिएको छ । कोरोना संक्रमणबाट गम्भिर भएका उनको भेन्टिलेटरमा राखेर उपचार हुदै आएको थियो । मुटुको विरामी भएकाले उनको निधन भएको अस्पतालले जनाएको छ ।
बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो । योसँगै पर्सामा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।




















प्रतिक्रिया