Logo

प्रमुख समाचार

विषालु च्याउ खाँदा दाजु भाईको मृत्यु, तीन विरामी



विषालु च्याउ खाँदा एकै परिवारका दुई दाजु भाईको मृत्यु भएको छ भने तीन जना विरामी भएका छन् ।  प्युठानको नौवहिनी गाउँपालिका- ६ ढाखोलाका १५ वर्षका सुरेश घर्ती र उनका भाइ १३ वर्षका सुगम घर्तीको जंगली च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

नौबहिनी गाउँपालिका-६ ढाखोला बस्ने ३५ वर्षीय बिष्णु घर्तिले जंगली बिषालु च्याउको तरकारी पकाएर खादाँ झाडापखाला लागी घरका ५ जनाको परिवार सिकिस्त बिरामी भएको भएका थिए । उपचारको लागि अस्पताल लैजाँदै गर्दा दुई जनामै निधन भएको र अन्य तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १०:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।