विषालु च्याउ खाँदा एकै परिवारका दुई दाजु भाईको मृत्यु भएको छ भने तीन जना विरामी भएका छन् । प्युठानको नौवहिनी गाउँपालिका- ६ ढाखोलाका १५ वर्षका सुरेश घर्ती र उनका भाइ १३ वर्षका सुगम घर्तीको जंगली च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
नौबहिनी गाउँपालिका-६ ढाखोला बस्ने ३५ वर्षीय बिष्णु घर्तिले जंगली बिषालु च्याउको तरकारी पकाएर खादाँ झाडापखाला लागी घरका ५ जनाको परिवार सिकिस्त बिरामी भएको भएका थिए । उपचारको लागि अस्पताल लैजाँदै गर्दा दुई जनामै निधन भएको र अन्य तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया