Logo

प्रमुख समाचार

थप सात जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११४ पुग्यो



पछिल्लो समय मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । मंगलबार एकै दिन थप सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १६:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।