वीरगन्जमा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– ४ विर्ता निवासी ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वा निवासी ५७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।
विर्ताका ८४ वर्षीय पुरुष गत साउन २७ देखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका थिए । उनको मंगलबार राति साढे १० बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यो सँगै पर्सामा हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।




















प्रतिक्रिया