निशाले मास्क नलाएको देखेर दिक्क भएको सविनले निशातिर फर्केर भन्यो, ” निशा तिमी कति जिद्दी हँ ? ” तिमीलाई तिम्रो रूप र श्रृङ्गार जति ठूलो दुनियाँमा अरू केही लाग्दैन है !”
“कोभिडले विश्व थला परेको बेलामा तिमीलाई भने ओठको लिपिस्टिक पुछिएला,नदेखिएला भन्ने मात्रै पिर ! “हैट, एक पटक कुल मुडमा सोच त ! “घरमा पाका मात्रै हैन, बालख केटाकेटीहरू पनि छन ।” “तिमी भने जुका सलबलाए झै यता र उता गरि रहन्छौ त !” “चुप लागेर बस्न सक्दैनौं ?” “चुर्ना पर्या छ कि के हो ?” “सारै गर्यो है तिमीले त !” सवरीले पनि हिजो दिक्क मान्दै थि ।”
सरू र अभिले, “जीवन कर्कलाको पातमा अडेको पानीको थोपा जस्तै हो ! छिनमा फुटेर जान्छ ! सपना देख्नेले त राम्रै देख्छ ब्युझेंपछि हावा बराबर भएर सुन्यमा हराउछ । ” “शिशा भुईमा झरे पछि प्याट फुटेर सकिए जस्तै हो जीवन पनि, हेलचेक्रयाइँ नगर है !” भन्दै थिए । “आफैं विचार गर र मास्क लाउने,साबुनपानीले छिनछिनमा हात धुने र घरैभित्र थेचारिएको राम्रो है ।” “नत्र त फेरि भेट हुन्छ कि हुन्न भन्न नसकिने अवस्था आयो । बुझ्य्यौ !” भन्दै फनफनीदै हिड्यो,सविन । निशा ट्वाल्ल परेर हेरिरहिँ ।





















प्रतिक्रिया