Logo

स्वास्थ्य

कोरोना संक्रमणबाट विराटनगरमा ६५ वर्षीय पुरुषको मृत्यु,परिवारका अन्य तीन जनामा समेत कोरोना पुष्टि



कोरोना भाइरस संक्रमणबाट विराटनगरमा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका ८ घर भएका उनको आइतबार राति कोरोना संक्रमणबाट जयान गएको हो ।

मृतकको गत बिहीबार स्वाब संकलन गरिएको थियो । उनको आइतबार रिपोर्ट पोजिटिभ आएको विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीले बताइन् । उनमा संक्रमण पुष्टि भएपछि साँझ ६ वजे कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको तर राति ११ बजे उनको निधन भएको हो ।

मृतकका घरका अन्य तीन जनमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरुलाई आइसोलेसनमा राख्ने तयारी भएको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १०:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।