Logo

प्रमुख समाचार

भक्तपुरमा बुटवलका एक कोरोना संक्रमितको मृत्यु



भक्तपुरमा उपचाररत बुटवलका ५४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ महादेव पथ घर भएका उनको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।

मिर्गौला पीडित ती पुरुषलाई डायलाइसिस गर्न आइतबार बिहान अस्पताल ल्याएको थियो । उनको उपचारकै क्रममा आइतबार नै निधन भएको हो। उनको शव नेपाली सेनाको टोलीले पशुपति स्थित विधुतिय शवदाह गृहमा व्यवस्थापन गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १२:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।