पर्सामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सोमबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा १० जना महिलासहित ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
संक्रमित मध्ये ३२ जनामा कालिकामाइ गाउँलालिकाका १२ जना, वीरगन्ज महानगरपालिकाका १४ जना , जगरनाथपुर गाउँपालिका ५ जना र जिराभवानी गाउपालिकाका १ जना स्थानीय बासिन्दा रहेका छन । यो सँगै पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ७८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।





















प्रतिक्रिया