Logo

प्रमुख समाचार

सत्ताको आडमा अख्तियार लाचार बन्यो: नेतृ संग्रौला



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेतृ एवम् सांसद डा. डिला संग्रौलाले अख्तियार जस्तो संवैधानिक अंग माथि प्रश्न उठाएकी छिन् । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेको भए पनि सत्ताको आडमा उन्मुक्ति दिने कार्य गरेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।

डा.संग्रौलाले सामाजिक सञ्जालमा मार्फत पहुँच र सत्ताको आडमा जे गरे पनि उन्मुक्ति हुँदोरहेछ भन्ने प्रमाण ७० करोड रुपैयाँको घुस बार्गेनिङ प्रकरणमा अख्तियारमा मुद्दा खेपिरहेका पूर्व सन्चार मन्त्री गोकुल बाँस्कोटाको फाइल तामेलीमा पठाउन लागेको दैनिक पत्रिका मार्फत प्रकाशित हुनु दुखद भएको जनाएकी छिन् ।

उनले भनेकी छन्,आम नेपाली जनतामा सानालाई प्रक्रने र ठुलालाई प्रमाण नपुगेको भनी मुद्दा ढिसमिस गर्ने प्रचलनले न्याय अब हराएकै हो कि भन्ने आभास भएको छ। प्रधानमन्त्री केपी ओलीकै निवासमा बस्दै आएका प्रिय पात्र भनिने बाँस्कोटालाई यसरी उन्मुक्ति दिन खोज्नु कहिँ कतै सत्ताको इसारामा अख्तियार लाचार छाँया भएको त हैन भन्दै प्रश्न गरेकी छिन् ।

आम नेपालीले प्रश्न उठाएका छन्।मन्त्री बास्कोटाकै कार्यकक्षमा रेकर्डिङ भएको अडियोको कमिसनमा किन अख्तियारको आँखा पुग्न नसकेको हो भन्ने प्रश्न गर्दै सत्ताको आडमा संबैधानिक निकाय चल्ने हो भने सर्वसाधारण जनताले कहिले न्याय पाउलान् भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १०:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।