Logo

प्रमुख समाचार

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपियो



कोरोना भाइरस संक्रमित थपिदै गएपछि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ ।  भाद्र ३ गतेदेखि जारी निषेधाज्ञा  पून: थप गरिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयूक्त बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अब भदौ १७ गते बुधबार रातिसम्म लम्बिएको छ ।यस अघि काठमाडौं उपत्यका मेयर फोरमले कोरोना सङक्रमण जोखिम कायमै रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप्न सिफारिस गरेको थियो । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् ।

उपत्यका भित्र गाडी प्रवेशमा रोक लगाइएको छ । काठमाडौं उपत्यका सहित ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । निषेधाज्ञाकाे समयमा  अत्यावश्यक बाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न समेत निषेध गरिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार ११:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।