Logo

प्रवास

युएईमा दुई नेपालीको हत्या



यूएईमा शारजाहमा दुई नेपालीको छुरा प्रहार गरेर हत्या भएको छ । ती दुई व्यक्तिको शव शारजाहको एक आवासीय क्षेत्रमा भेटिएको थियो ।दुई समूह बीचको झगडाले उग्ररुप लिएपछि उनीहरूको धारिलो छुरा प्रहार गरेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको यूएईको गल्फ न्यूजले जनाएको छ ।

उनीहरूको हत्या कसले र किन गर्यो भन्ने खुलेको छैन । मृत्युको सही कारण पत्ता लगाउन शवलाई पोस्टमार्टमको लागि फरेन्सिक प्रयोगशालामा लगिएको छ । मृतकहरूको अनुहार, घाँटी, छाती तथा पेटमा निलडाम रहेको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुलेको छैन । तर, उनीहरूको सांकेतिक नाम जेके २६ र एमआर ३७ रहेको जनाएको छ ।

समाचारमा जनाइएअनुसार उक्त घटना अगस्त ८ को साँझ भएको हो । उक्त दिन साँझ ७ बजे प्रहरीलाई सहयोगका लागि भन्दै फोन आएको थियो । प्रहरी त्यहाँ पुग्दा ठूलो भिड थियो, जहाँ दुईजनाको शव पनि भेटियो ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार १३:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।