Logo

स्वास्थ्य

अदुवा चिया सेवन गर्दा स्वास्थमा हुने अनगिन्ती फइदा यस्ता छन्



अदुवा चिया स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अदुवा हालेको चिया स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । अदुवाको चिया पिउँदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ ।अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ । केही दशकअघिदेखिनै अदुवालाई औषधिको रुपमा उपयोग गर्न थालिएको हो । अदुवा विश्वकै स्वादिष्ट मसला मानिन्छ । मानिसहरु अदुवा हालेको चिया पिउन मनपराउँछन् । जसमा छुट्टै स्वाद पनि आउँछ ।

एक अध्ययनमा अदुवा हालेको चिया खाँदा स्वादका साथै शरीरका लागि महत्वपूर्ण फाइदाहरु समेत हुने गरेको तथ्य पत्ता लागेको छ । अर्को तर्फ चिकित्सकहरु पनि जाडोमा अदुवा हालेको चिया पिउनुको आफ्नै महत्व हुने बताउँछन् । अदुवामा भिटामिन ‘सी’को मात्रा उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको जरा स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिन्छ । अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ ।

यस्ता छन् अदुवा चियाको सेवन गर्दा हुने फाइाहरुः

जोर्नीका लागिः

गठिया रोगीका लागि दुखाई कम गर्न अदुवा लाभदायक हुन्छ।

संक्रमणबाट बचाउँछः

स्वस–प्रश्वाससम्बन्धी संक्रमणबाट अदुवाले बचाउँछ । साथै स्वास गनाउने ब्याक्टेरियाको संक्रमणबाट बचाउन लागि प्रभावकारी भूमिका खेल्छ

कामवासनाका लागिः

यसले रक्त सञ्चारलाई सहज गराउँछ । छालालाई सफा गर्छ, कलेजोलाई सक्रिय राख्छ र शरीरलाई स्वस्थ्य र शुद्ध राख्न मद्दत गर्छ । अदुवाले तपाईको कामवासनामा पनि सकारात्मक भूमिका खेल्छ ।

चिनीरोग र मुटुरोगबाट बचाउँछः

दिनमा २ ग्राम अदुवा खानाले मात्रै पनि रगतमा चिनीको मात्रा घटाउन महत्वपूर्ण भूमिका खेल्छ । अदुवाले ओक्सिकरण लिपोप्रोटिन र अपो–बि र अपो–एको अनुपातको स्तरलाई कम गर्छ, यी दुवै हृदय रोगको संकेत हुन् ।

सुन्निनु र पेटमा हावा भरिनुः

अदुवाले प्राकृतिक तरिकाले खानापछि पेटमा उत्पन्न हुने ग्यासलाई कम गर्छ, एक कप अदुवा चियाले मांसपेशीलाई आराम प्रदान गर्र्छ पाचन प्रणालीमा फेसका ग्यासलाई विस्तारै र सुरक्षित तरिकाले बाहिर निकाल्न मद्दत गर्छ ।

अदुवाले सबै खाले बिरामीपनलाई कम गर्छः

अदुवाले गाडीमा यात्रा गर्दा हुने वान्ता, गर्भवती महिलालाई हुने वान्ता आदिलाई कम गर्न मद्दत गर्छ । धेरै होइन, एकपटकमा १ देखि २ ग्राम अदुवा खादाँ वेश हुन्छ।

मांसपेशी दुखाईको पौराणिक चिकित्साः

दिनानुदिन हुने मांसपेशी दुखाईबाट छुटकारा पाउन अदुवाले ठूलो भूमिका खेल्छ । यसलाई छालामा सिधा प्रयोग गर्न सकिन्छ, तर दुखाई कम गर्न अदुवाको तेल नुहाउने पानीमा राख्नुभयो भने राम्रो काम गर्छ । यसको तत्काल असर देखिँदैन, तर लगातार दुई हप्ता यही उपाय अपनाउनुभयो यसको प्रभाव थाहा पाइन्छ।

मस्तिष्कलाई ताजा राख्छः

अदुवाले स्मरणशक्तिमा सुधार, मस्तिष्कको कार्यमा सकारात्मक प्रभाव पार्छ।

बन्द नाक र छातीका लागिः

रुघा–खोकी, नाक बन्द हुने समस्या भएमा एक कप अदुवा–चिया पिउँनुहोस्, छुट्कारा हुन्छ ।

अपच र मुटु पोल्ने समस्याका लागिः

पेट र छाती पोल्ने समस्याको जड मुख्य गरी अपचलाई मानिन्छ । अदुवाले ५० प्रतिशत अपच समस्यालाई तुरुन्तै हटाइदिन्छ र तपाईको पेटलाई चाँडै खाली पार्ने काम गर्छ ।

– मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ ।
– महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउदा त्यसले फाइदा पुग्छ ।

– अदुवाको चियामा कागती मिसाएर पिउदा शरीरको वजनसमेत कम हुन्छ ।
– यसमा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउछ ।
– अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ ।

(एजेन्सीकाे सहयाेगमा )

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार ०७:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।