Logo

स्वास्थ्य

काँचो केरा खानुका फाइदा



केरा बिशेष गरी पाकेर वा पहेंलो भएपछि खाने चलन छ र पाकेको तथा पहेंलो केरा सबैले खाँदै आएका छौं र यसले शरीरलाई निकै फाइदा गर्छ । तर केरा काँचै खादा पनि त्यसले शररिलाई निकै फाइदा गर्छ भनेर तपाइँलाई थाहा नभएको पनि हुनसक्छ । साथै यसलाई तरकारी तथा अचारका परिकार पनि बनाएर खन पनि सकिन्छ ।

यस्ता छन्  काँचो केरा खाँदा हुने फाइदा :

तौल घटाउँन सहयोग :

तौल घटाउँन मन लागेकालाई दैनिक एक काचो केरा खाने सल्लाह दिइन्छ । यसरमा भरपूर मात्रामा पाइने फाइबरले अनावश्यक फ्याट सेल्स र फोहोरलाई सफा गर्न मद्दत गर्छ ।

कब्जियतको समस्या :

काँचो केरामा फाइबर र हेल्ची स्टार्च नामक तत्व हुन्छन्, जसले आन्द्रामा कुनै पनि प्रकारका अशद्धि उत्पन्न हुन दिँदैन । तपाईलाई कब्ज्यितको समस्या छ भने काँचो केरा फाइदाजन साबित हुन्छ ।

भोक शान्त पार्ने :

काँचो केरामा पाइने फाइबर र अन्य केही पोषक तत्वले भोक नियन्त्रण गर्ने काम गर्छ । काँचो केरा खानाले समयमा भोक नलाग्ने हुन्छ ।

मधुमेहलाई नियन्त्रण गर्छ :

मधुमेहका रोगीले काँचो केरा खान सुरु गर्नुहोस् । यो रोग नियन्त्रण गर्ने अचुक औषधि हो ।

पाचन क्रिया सुधार्छ :

काँचो केराको नियमित सेवन गर्नाले पाचन क्रियामा सुधार आउँछ ।

क्यान्सर, हड्डी :

यसबाहेक काँचो केरा धेरै प्रकारका क्यान्सरबाट बचाउँनमा पनि सहायक भूमिका खेल्छ । त्यस्तै, काँचो केरामा पाइने क्याल्सियमले बलियो हड्डी बनाउँनमा पनि सहायक भूमिका खेल्छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार ०८:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।