Logo

पत्रपत्रिका

सामान्य माक्सको भरमा काम : जोखिममा सरसफाइ कर्मचारी



सफाइ क्षेत्रमा काम गर्ने कर्मचारीले निकै जोखिमयुक्त अवस्थामा काम गर्ने गरेको पाइएको छ । जोखिम हुँदा पनि सावधानीपूर्वक यस क्षेत्रमा खटिएको भन्दै स्वास्थ्य क्षेत्रका कर्मचारीले आफ्नो स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने माग गरेका छन् ।

फोहोरबाट पुनः प्रयोग हुन सक्ने कवाड वस्तु छुट्याउने काम गरेर जीविका चलाइरहनुभएकी माया तामाङले कोरोना भाइरस महामारीका बीच यस क्षेत्रमा काम गर्ने सम्भव भए सम्मका सावधानी अपनाएर काममा खटिरहेको बताए ।

काठमाडौँ महानगरपालिका–१२ अन्तर्गत टेकुमा सञ्चालित कवाड सङ्कलन केन्द्रमा काम गर्ने आधाजसो कामदार उपत्यकामा कोरोना सङ्क्रमण बढेपछि बेरोजगार भएको उनले बताए ।

उपत्यकामा घर/घरमा पुगेर फोहोर सङ्कलन गर्ने अनौपचारिक क्षेत्रमा दुई हजार तीन सय कर्मचारी रहेको विभिन्न संस्थाको तथ्याङ्क छ । लुमन्ती संस्थाले यस्ता कर्मचारीको स्वास्थ्य सुरक्षा गर्न सेनिटाइजर लगाउने र हात धुने लगायतका सावधानी अपनाउने ठाउँ बनाइदिएकोे, ४५ वटा पीपीए उपलब्ध गराएको छ, त्यो पर्याप्त छैन, सबैलाई पुग्दैन उनले भने । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शिवा तामाङले लेखेकी छिन् ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार ०९:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।