Logo

प्रमुख समाचार

प्रदेश मातहत नरहेका जिल्लाका अस्पताल स्तरोन्नति गरिने



वाग्मती प्रदेश सरकारले आफ्नो मातहत नरहेका जिल्लामा भएका साना अस्पताललाई स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहमार्फत रहेका अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

हाल प्रदेशका आठ जिल्लामा मात्र प्रदेश मातहतका अस्पताल छन् । दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र चितवनमा प्रदेश मातहतमा अस्पताल छैनन् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन व्यवसायीको इजाजत नवीकरण तथा जरिवाना÷विलम्ब दस्तूरमा छुट दिने निर्णयसमेत गरेको छ ।

बैठकले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश राजपत्र प्रकाशनसम्बन्धी (पहिलो संसोधन) निर्देशिका २०७७ र दुग्ध पाउडर प्लान्ट निर्माणका लागि जग्गा भोगचलन गर्न बनेको विधेयक स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिनुभयो ।

यसैगरी महिला विकास प्रशिक्षण केन्द्र ललितपुरको संरचना प्रदेश मातहत ल्याउने र प्रदेश मातहत रहने आयोजनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको ं आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले जानकारी दिनुभयो ।रासस

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार २२:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।