मङ्सिर ४ निर्वाचन हुने घोषणापछि सत्ता गठबन्धनका दलहरू सबैभन्दा तनावमा छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सबै राजनीतिक दलहरु आआफ्नो तयारीमा जुटिरहेका बेला नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा निरन्तर छलफलमा छन् । निर्वाचनमा पाँच दलीय गठबन्धन तालमेल गरेर जान सहमत भएपनि सिट बाँडफाँट भने फलामको चिउरा जस्तै बनेको छ ।…