Logo

टिप्पणी

एकता प्रस्ताव गरेको भोलिपल्टै ओलीसँग रिसाए नारायणकाजी



नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले शनिबार एक कार्यक्रममा ‘नेपालको भूराजनीतिक अवस्थाबारे’ छलफलमा भाग लिँदै कम्युनिष्टहरू फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिँदै तत्कालै वामपन्थीबीच एकता गर्न नसकिए चुनावी तालमेल गरेर अघि बढ्नुपर्ने प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरे ।

तर त्यही कार्यक्रममा नारायणकाजीपछि बोलेका एमाले अध्यक्ष ओलीले कांग्रेससँगको गठबन्धन टुटाएर आए मात्रै वाम एकता अघि बढ्ने बताएपछि उनी रिसाएका छन् ।

‘तत्काल पार्टी एकता गर्न नसकिएला, तर तालमेल गरेर अघि बढ्न सकिन्छ,’ श्रेष्ठले भनेका थिए । तर ओलीले आत्मआलोचित हुनुको साटो घमण्ड देखाएको भन्दै नारायणकाजीले असन्तुष्टि जनाएका हुन् ।

तर त्यही कार्यक्रम एमाले अध्यक्ष ओलीले को छ अरु वामपन्थी पार्टी भन्दै आफ्नो पार्टी मात्रै वामपन्थी भएको विचार प्रकट गरेपछि नारायणकाजीले आक्रोश पोखेका हुन् ।

उनले उक्त कार्यक्रममा आफूले सबै पक्ष आत्मआलोचित भइ वाम तालमेल र एकता गरौँ भन्ने प्रस्ताव राख्दा ओलीले अहंकार देखाएको पनि जिकिर गरेका छन् ।

प्रकाशित मिति : श्रावण १, २०७९ आईतबार  ४ : ४२ बजे