बीमा समितिले नेपालमा २६.८९ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको विवरण सार्वजनिक गरेको छ । बीमा क्षेत्रकोे विवरण सार्वजनिक गर्दै समितिले अघिल्लो बर्षको तुलनामा गत आवमा बीमा गर्नेको संख्या बृद्धि भएको उल्लेख गरेको छ । समितिले २०७८ साउन मसान्तसम्ममा जीवन बीमालेख ८० लाख ९ हजार ६३४ वटा जारी भएको जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षको…