काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । करसहित ६२ करोड ३६ लाख रुपैयाँ नगद लाभांश घोषणा गरिएको कम्पनीले जनाएको छ । यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ ।