काठमाडाैं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु २० लाख सहयोग उपलब्ध गराएको छ ।
कम्पनीले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सहयाेग गरेकाे हाे ।
बिहिबार अर्थ मन्त्रालयमा पुगी कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक संजय जोशीले २० लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।
अर्थमन्त्रीले कम्पनीको योगदानका लागि धन्यवाद ज्ञापन समेत गरेका छन् ।




















प्रतिक्रिया