काठमाडाैं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक दिनेश बज्र बज्राचार्यको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको ३५५औं बैठकले बज्राचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । उनको राजीनामा असार २४ गतेबाट लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।