Logo

अर्थ

एशियन लाइफले बीमा ऐनको प्रावधानलाई चुनौती दिँदै निर्वाचन तालिका सार्वजनिक



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बीमा ऐन २०७९ र कम्पनी ऐन २०६३ दुवैको प्रावधानलाई चुनाैती दिंदै ६ सदस्यीय सञ्चालक समिति गठन गर्न निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन अधिकृत रत्नसुन्दर खुजुले हस्ताक्षर गरेको तालिका अनुसार संस्थापक समूहबाट ३ र सर्वसाधारण समूहबाट २ जना सञ्चालक निर्वाचित हुनेछन् । अर्का एक जना स्वतन्त्र सञ्चालक सञ्चालक समितिको सिफारिसमा चयन गरिनेछ ।

बीमा ऐनले ५ देखि ७ सदस्यीय बेजोर संख्या र कम्पनी ऐनले ३, ५, ७, ९ वा ११ सदस्यीय समिति हुनुपर्ने उल्लेख गरेपनि एशियन लाइफले जोर संख्या (६)को समिति प्रस्ताव गरेको छ ।

५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण सेयर संरचना हुँदाहुँदै सर्वसाधारणबाट मात्र २ जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

शेयरधनी नामावलीका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ, जुन महँगो भएको भन्दै शेयरधनीहरूले गुनासो गरेका छन् । उम्मेदवारी मनोनयन असार २५ गते दिउँसो १ बजेसम्म गर्न सकिनेछ ।

एशियन लाइफको २०७८ साउन ३१ गते सम्पन्न साधारण सभाले ४ वर्षे कार्यकालका लागि निर्वाचन गरेको पदाधिकारीको कार्यकाल समाप्त हुन लागेकोले आगामी ४ वर्षका लागि पुनः सञ्चालक समितिको निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १२:०७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।