काठमाडौं । चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले वाई वाई चाउचाउ विश्वभर लोकप्रिय नेपाली स्वादका रुपमा स्थापित हुँदै जाँदा देशभित्र नियोजित प्रोपागाण्डा चलाइएको बताएका छन् । ओसिएको वाई वाई चाउचाउको गुणस्तरलाई लिएर काठमाडौं महानगरले जरिवाना तिराएपछी विभिन्न टीका-टिप्पणी भइरहेका बेला वक्तव्य जारी गर्दै चौधरीले विश्वभर ४० देशमा यसको ब्राण्ड बनिसकेको र अन्य देशमा फैलिँदै गरेको बताएका…