Logo

अर्थ

नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच लगानी सम्झौता



काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएवीसी इन्भेष्टमेन्ट ग्रुप प्रालिबीच लगानी सम्झौता भएको छ ।

नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन सोमबार चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठको उपस्थितिमा उक्त सम्झौता भएको हो ।

सम्झौतामा एमएवीसी इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योङ्ग लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारिक प्रतिनिधि शिवराज दवाडी (माधव दवाडी) ले दस्तखत गरेका छन् ।

कोरियन कम्पनी एमएवीसी इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ । यस्तो लगानीको रकम नेपाली रु. ६ अर्ब बराबर रहेको छ ।

सम्झौतापत्रमा नेपालभित्र ल्याउने वैदेशिक लगानीमार्फत स्थापना र सञ्चालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको नेक्सजेन म्यानेजमेन्टले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार १५:५४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।