काठमाडौं । सेयर बजारमा आज झिनो अंककाे वृद्धि भएको छ। नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ को विन्दुमा उक्लिएको हो।
बजारमा आज करिब ३ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। यो दिन पोखरा फाइनान्सको सर्वाधिक किनेबच भएको छ।
आज सामान्य बढेको बजारमा ९९ कम्पनीको सेयरभाउ बढेको छ भने १२८ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन १७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया